




धादिङ- धादिङबेँसीमा जेब्रा क्रसिङमै गाडी रोकेपछि विवादमा तानिएका सांसद बोधनारायण श्रेष्ठको गाडीमाथि ट्राफिक कारबाही भएको छ।
नेपाल संवत् ११४७ को अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी हुन पुगेका सांसद श्रेष्ठ चढेको स्कोर्पियो गाडी बिचबजार चोकस्थित जेब्रा क्रसिङमा रोकिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भएको थियो।
घटनापछि गाडी चालक सोनाम तामाङले प्रेस विज्ञप्ति जारी गर्दै गल्तीप्रति क्षमायाचना गरेका छन्।
उनले ट्राफिक नियम उल्लंघनबापतको जरिवानासमेत तिरिसकेको जानकारी दिएका छन्।
यसअघि सांसद श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत गल्ती स्वीकार गर्दै सचिवालयबाट होस् वा जनप्रतिनिधिबाट, गलत काम गलत नै हुने प्रतिक्रिया दिएका थिए।
सार्वजनिक पदमा रहेका व्यक्तिको सवारीसाधनले नै ट्राफिक नियम उल्लंघन गरेपछि नागरिकस्तरबाट भएको खबरदारी र त्यसपछि भएको कारबाही अहिले चर्चामा छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |