

धादिङ। नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले संघीय सरकारले सकेनौं भनेर हात उठाए स्थानीय सरकारले मलेखुमा ‘फेरी’ हालेर भएपनि यातायात संचालनमा ल्याउने बताउनुभएको छ।
शनिबार अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै मेयर ढुंगानाले भदौ १० गतेको बाढीले बगाएको मलेखु पुल पुन र्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति कटाक्ष गर्नुभएको हो।
बाढीले पुल बगाएपछि टुटेको धादिङबेसी र राष्ट्रिय राजमार्गको सम्बन्ध पुनः जोड्ने कुरामा जोड दिदै मेयर ढुंगानाले भन्नुभयो, “बाढीले बगाएको मलेखुको पुल बनाउन संघीय र प्रदेश सरकारले हात झिके, हामी स्थानीय सरकार मिलेर फेरि बनाएर गाडी तार्छौ।”
स्थानीय सरकारले आफ्नै लगानीमा बेलिब्रिज राख्ने आँट गर्न नसकेपनि पुरानो जमानाको फेरी निर्माण गरेर सवारी संचालन गर्न सक्ने भन्दै उहाँले भन्नुभयो,“मलेखुमा कमसेकम बेलीब्रिज राख्न सकिन्छ । हामी स्थानीय तहहरुले बेलीबृज राख्न त सक्दैनौं । तर फेरीसम्म राख्न सक्छौं।”
अध्यक्ष ढुंगानाको कटाक्षलाई जवाफ फर्काउँदै संघीय सरकारको संसदीय सुनुवाई समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद (धादिङ–२) बोधनारायण श्रेष्ठले स्थानीय सरकारले पनि आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप लगाउनुभयो।
प्रतिप्रश्न गर्दै श्रेष्ठले भन्नुभयो, “सरकार तीन वटा छ । यो देशमा केन्द्र सरकार मात्रै हो ? अरु सरकार सबै फेल भैसकेको होर ? १० मिटरको पुल हाल्न पनि मै उभिनुपर्ने हो ?”
स्थानीय सरकार आफू केही नगरी संघीय सरकारलाई दोष गाली गलौजमा उत्रिएको शंकेत गर्दै उहाँले भन्नुभयो,`मेरो घर अगाडि बाटो पिँच भएन भनेर सरकार परिवर्तन भएको होइन, यो मत आएको पनि होइन । मेरो घर अगाडि बनेको बाटोमा भ्रष्टाचार भयो, सुशासन भएन, राजदुत किनबेच भयो भनेर यो सरकार परिवर्तन भएको हो । त्यसको ब्रेक थ्रु हामीले गरेका छौं।´
धादिङको ज्वालामुखी, नीलकण्ठ र सिद्दलेकको सिमानामा रहेको पुल बनाउने कुरामा वडाले समेत वास्ता नगरेको उल्लेख गर्दै श्रेष्ठले पैंतीस बर्षमा के के भयो त्यसको जवाफ जनताले दिने बताउनुभयो।
३५ वर्षको हिस्सा जतिसुकै पुष्ट्याइ गर्दापनि अब जनताले हिसाब गर्ने भन्दै पुल बनेकोमा हैन पुल बनाउदा भएको अनियमितताले गर्दा जनताले बिकल्प खोजेको बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |