धादिङ । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक ग¥यो ।
परीक्षामा सहभागी भएकामध्ये झन्डै ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने ’ग्रेड’ ल्याउन सफल भए ।
’नन–ग्रेडेड’ परीक्षार्थीको सङ्ख्या यसपालि ५२ प्रतिशतभन्दा बढी देखिएको छ।
परिक्षामा धादिङमा सरकारी र निजी गरी कुल १ सय ६० वटा विद्यालयबाट ४ हजार ८९० जना विद्यार्थीहरु सहभागी थिए ।
जसमा २ हजार ३५६ जना उतिर्ण हुँदा भने २ हजार ५३४ जना अनुतिर्ण भएका शिक्षा विकास तथा समन्वय ईकाई धादिङले जानकारी दिएको छ ।
जिल्लाको ७ वटा बिद्यालयले शत प्रतिशत नतिजा आउँदा ५ वटा विद्यालयको नतिजा भने शुन्य आएको छ ।
गल्छीको द राइजिङ भिलेज वोर्डिङ, सक्सेस एकेडेमी, बेनिघाट रोराङको श्री व्राइटफ्यूचर वोर्डिङ, त्रिपुरासुन्दरीको सल्यानटार वालविकास बोर्डिङ, भिमोदय मा.वि आगिन्चोक, नीलकण्ठ ज्यामरुङको वरपिपल मा.वि र नौविसेको बुद्धभिजन एकेडेमीले शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका छन् ।
यस्तै बेनीघाट रोराङको पञ्चकन्या मा.वि, बासखर्क मा.वि, रुवीभ्यालीको च्याम्रादेवी मा.वि, सिद्धलेकको सुन्दरी मा.वि र नौविसेको सुपपक्याटलिष्ट इ स्कुलले एक जना पनि उतिर्ण गराउन सकेनन् ।
सदरमुकाम धादिङबेसीमा रहेको न्यू किबोकी शिल्पा श्रेष्ठले ४ जिपीए सहित जिल्ला प्रथम हुँदा सदरमुकाममै रहेको एड्भान्स एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी एन्जिल बसौला र विकास लम्साल समान ३.९६ जिपीए ल्याउँदै जिल्ला द्वितिय हुन सफल भएका छन् ।
यस पटक उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकका ४० प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्थाले गर्दा उत्तीर्ण दर घटेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईई परीक्षामा नियमिततर्फ कुल ४,६४,७८५ परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ २,२२,४७२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ’नन–ग्रेड’ (एनजी) ल्याएका छन्।उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने छ। बोर्डका अनुसार २२१ जनाको परीक्षा रद्द भएको थियो ।
नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन्।
सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
यस अघि दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बताइएको थियो ।
तस्विर : सदरमुकाम धादिङबेसीमा रहेको न्यू किबो स्कुल
धादिङको १ सय ६० वटा विद्यालयबाट कति विद्यार्थी उत्तिर्ण र अनुत्तिर्ण भए (हेर्नुहोस् सूची)
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |