






धादिङ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापन र बढ्दो महँगी नियन्त्रणमा सरकार चुकेको आरोप लगाउनुभएको छ।
बिहिवार धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारले सुकुम्बासी समस्या सुरु गरेर अलपत्र छाडेको र वास्तविक सुकुम्बासी बिचल्लीमा परेको बताउनुभयो ।
स्थायी व्यवस्थापनका लागि ठोस नीति, योजना र कार्यक्रम ल्याउन सरकार असफल भएको उहाँको आरोप छ।
बढ्दो महँगीले जनजीवन कष्टकर बनेको भन्दै पौडेलले चामल, तरकारी र फलफूललगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको टिप्पणी गर्नुभयो।
त्यस्तै, बाढीले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दालाई प्रभावित बनाएको तथा धादिङको सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बगाएको अवस्थामा अस्थायी र दीर्घकालीन पुल निर्माणको योजना ल्याउन ढिलाइ भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |