Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक १६, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

४ घण्टा अघि
२

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

४ घण्टा अघि
३

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

४ घण्टा अघि
४

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन

१ दिन अघि
५

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विरसहित)

१ दिन अघि
६

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

२ दिन अघि
७

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

२ दिन अघि
८

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

२ दिन अघि
९

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

४ दिन अघि
१०

उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

५ दिन अघि
११

भोलि बेलुकीदेखि पानी पर्ने

६ दिन अघि
१२

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै,विजेताले १ करोड ५० लाख पाउने

६ दिन अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

२ दिन अघि
२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

३ हफ्ता अघि
३

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

४ हफ्ता अघि
४

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

३ हफ्ता अघि
५

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन

१ दिन अघि
६

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

२ हफ्ता अघि
७

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

३ हफ्ता अघि
८

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

१ हफ्ता अघि
९

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

३ हफ्ता अघि
१०

त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने

३ हफ्ता अघि
११

वैकल्पिक सडक शनिबार बन्द हुने

१ महिना अघि
१२

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

२ हफ्ता अघि

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

  • Default Profile
  • बागमती कलम
  • ४७ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ कार्तिक १६, आईतबार (४ घण्टा अघि)
फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

धादिङ। फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क सहज बनाउन धादिङका १३ वटै स्थानीय तहले संयुक्त रूपमा पन्टुन पुल निर्माण गर्ने निर्णय गरेका छन्।

आईतबार जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको बैठकले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलामा अस्थायी पन्टुन पुल जडान गर्ने र त्यसका लागि आवश्यक खर्च व्यवस्थापन गर्न अन्तरपालिका कार्यविधि बनाउने निर्णय गरेको हो।

बैठकले सबै स्थानीय तहको सहमतिमा कार्यविधि तयार गरी पुल निर्माण तथा सञ्चालनका लागि आवश्यक आर्थिक व्यवस्थापन गर्ने निर्णय गरेको छ।

बैठकले बर्दियाको राजापुर सिँचाइ व्यवस्थापन कार्यालयको मातहतमा रहेको पन्टुन ब्रिज स्थानीय तहको मातहतमा ल्याएर सञ्चालन गर्न सिँचाइ विभागसँग तत्काल समन्वय गर्ने निर्णयसमेत भएको छ।

पन्टुन ब्रिज राजापुरबाट धादिङ ल्याउने प्रक्रियाका लागि सबै स्थानीय तहको प्रतिनिधित्व गर्दै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैलाई जिम्मेवारी दिइएको छ। त्यसका लागि सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्ने बैठकले निर्णय गरेको छ।

बैठकले फुर्केखोलाको समस्या अस्थायी रूपमा समाधान गर्न पन्टुन पुल जडान गर्ने निर्णय गरे पनि दीर्घकालीन समाधानका लागि भने सोही स्थानमा पक्की मोटरेबल पुल निर्माण गर्न संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गर्ने निष्कर्ष निकालेको छ।

त्यस्तै, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयबाट पन्टुन पुल स्थानीय तहलाई हस्तान्तरण भएपछि एप्रोच सडक निर्माण तथा अन्य आवश्यक व्यवस्थापनका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गरिने भएको छ।

बैठकले जिल्लास्थित तीनै तहका जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, नागरिक समाज तथा सरोकारवालालाई आवश्यक समन्वय, सहजीकरण र सहयोगका लागि आग्रह गर्ने निर्णयसमेत गरेको छ।

पुल जडानको सम्भावना र प्राविधिक पक्षबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेसी सदरमुकामसहित उत्तरी धादिङका नागरिकले पृथ्वी राजमार्गसँगको सहज सडक सम्पर्क गुमाएका छन्।

पुल बगेसँगै स्थानीयवासी तथा मालवाहक सवारीसाधनले वैकल्पिक र लामो दूरीको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ। यसले दैनिक आवतजावतदेखि खाद्यान्न तथा निर्माण सामग्री ढुवानीसम्म प्रभावित हुँदै आएको छ।

के हो पन्टुन पुल ?

पन्टुन पुल पानीमा तैरिने आधारमा निर्माण गरिने अस्थायी पुल हो। नदीमा पिलर गाडेर बनाइने परम्परागत पुलभन्दा फरक यसमा पानीमा तैरिन सक्ने विशेष फलामे संरचना अर्थात् पन्टुन प्रयोग गरिन्छ।

नदीमा पन्टुनहरू लहरै राखेर तिमाथि फलामे संरचना तथा आवतजावत गर्ने सतह तयार गरिन्छ। त्यसपछि आवश्यक प्राविधिक व्यवस्थापन गरी नदीका दुवै किनारमा जोडेर सञ्चालनमा ल्याइन्छ। यसलाई आवश्यकताअनुसार एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सकिन्छ।

स्थायी पुल निर्माणमा लामो समय लाग्ने अवस्थामा पन्टुन पुललाई अस्थायी विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ। तर नदीमा पानीको बहाव अत्यधिक बढ्दा वा बाढी आउँदा यस्तो पुलमा जोखिम हुन सक्छ। त्यसैले यसको सञ्चालनका लागि पानीको बहाव, भारवहन क्षमता र प्राविधिक सुरक्षालाई ध्यान दिन आवश्यक हुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • shibir-gajuri-

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

  • prithivihighway-dhadingkhanda

    पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

  • chetnath-silwal

    साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन

  • sana-kisan-2083

    साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विरसहित)

  • समाचार
  • १

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा
    ४ घण्टा अघि

  • २

    पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने
    ४ घण्टा अघि

  • ३

    फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने
    ४ घण्टा अघि

  • ४

    साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन
    १ दिन अघि

  • ५

    साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विरसहित)
    १ दिन अघि

  • ६

    फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?
    २ दिन अघि

  • ७

    १५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने
    २ दिन अघि

  • ८

    देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने
    २ दिन अघि

  • ९

    धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल
    ४ दिन अघि

  • १०

    उपत्यकामा ५२ लाख फूलका माला खपत हुने
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution