

धादिङ। अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) को अध्यक्षमा बद्री खतिवडा चयन हुनुभएको छ।
धादिङबेसीमा भएको समाजको चौथो महाधिवेशनबाट खतिवडाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जापानका राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ।
त्यस्तै, उपाध्यक्षमा बाबुकाजी भण्डारी, पारस भण्डारी, शान्ता सिखडा र विनोद उप्रेती चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा सम्झना भण्डारी चयन हुनुभएको छ।
त्यसैगरी, महासचिवमा कल्याण विक्रम कार्की,सचिवमा दिनेश लाेहनी, राजेन्द्र थपलिया, दिवाकर दाहाल र सोमनाथ कँडेल चयन हुँदा महिला सचिवमा कविता दाहाल चयन हुनुभएको छ।
कोषाध्यक्षमा रामकुमार थापा चयन हुनुभएको छ भने सहकोषाध्यक्षमा दीपक चन्द्र भट्ट र छन्दप्रसाद सिलवाल चयन हुनुभएको छ।
युवा संयोजकमा सुदिप सिं विष्ट र श्यामहरी तिमल्सिना चयन हुनुभएको छ।
समाजको सदस्यमा सुमन बुद्ध परियार, विक्रम गरन्जा, संगम तामाङ, विष्णुमाया सिखडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामा तामाङ र गोविन्द ढाडा मगर चयन हुनुभएको छ।
विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको नयाँ नेतृत्वले आगामी दिनमा संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |