




धादिङ। सांसद गङ्गादेवी श्रेष्ठले वर्तमान सरकारले सञ्चारमाध्यमलाई कमजोर बनाउँदै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको छ।
प्रेस चौतारी धादिङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सामाजिक सञ्जाल र सञ्चारमाध्यमको शक्तिको आडमा सत्तामा पुगेकाहरूले अहिले सञ्चारमाध्यमलाई नै कमजोर बनाउने रणनीति अपनाएको बताउनुभयो।
आफू सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यममाथिको हस्तक्षेप स्वीकार्य नहुने धारणा राख्नुभयो।
कार्यक्रममा सांसद श्रेष्ठले धादिङको फुर्केखोलामा स्थायी पक्की पुल निर्माण, वैकल्पिक मार्गको स्तरोन्नति तथा कालोपत्रेका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ।
१३ स्थानीय तहको समन्वयमा तिहारलगत्तै पन्टुन ब्रिज सञ्चालन गर्ने तयारीले यात्रुलाई राहत पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष अर्जुन गोर्खालीले पत्रकारको क्षमता अभिवृद्धि र सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षालाई प्राथमिकतामा राखिएको बताउनुभयो।
प्रेस चौतारी धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले पत्रकारको क्षमता विकास तथा सञ्चारमाध्यमको दिगोपनाका लागि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |