

धादिङ। धादिङको सिद्धलेक गाउँपालिका-१,खनायोखर्कस्थित छेजुङ गुम्बामा त्रिदिवसीय महायान उपवास ञ्युङ्ने व्रत सुरु भएको छ।
नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघअन्तर्गत आयोजित उक्त धार्मिक कार्यक्रममा २० जना सहभागी भएका छन्।
बडादसैँको अवसरमा आयोजना गरिएको ञ्युङ्ने व्रतमार्फत अकालमा ज्यान गुमाउन बाध्य भएका निमुखा प्राणीहरूको उद्धार, वर्षभरि अज्ञानतावश भएका अकुशल कर्मप्रति क्षमायाचना तथा सम्पूर्ण प्राणीको हित र कल्याणका लागि पुण्य सञ्चय गर्ने उद्देश्य राखिएको छेजुङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष जोन लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार व्रतमा सहभागी भई धार्मिक अनुष्ठान, उपवास तथा साधनाका माध्यमबाट पुण्यलाभ लिन धर्मप्रेमी तथा शान्तिप्रेमी उपासक-उपासिकालाई आमन्त्रण गरिएको छ।
गुम्बा प्रमुख लामा दाम्छिक डोल्मा लामाको प्रमुख आतिथ्यमा सञ्चालन भइरहेको व्रतमा दाम्छिक डोल्मा लामा, जोन लामा, गणेशबहादुर घले, रिन्चेन डोल्मा लामा, पूर्णिमा तामाङ, शान्ता वाइबा, नेमा तामाङ, आईता घले, महेन्द्रबहादुर घले, रामाण घले, मञ्जु घले, कञ्चन तामाङ, मन्सुवा घले, मनिष घले, किरण तामाङ, सुरज घले, सोनी घले, सुकमाया तामाङ, अस्मिता घले र भूमि घले सहभागी छन् ।
ञ्युङ्ने व्रत कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |