

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ का २७ जना महिलाहरुलाई अचार बनाउने तालिम दिइएको छ।
हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र त्रिपुरासुन्दरी गाउँपालिका-२ को समन्वयमा सञ्चालित तालिममा सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको थियो।
सीप सिकाएर स्वरोजगार तथा आयआर्जनमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा शाकाहारी तथा मांसाहारी दुवै प्रकारका अचार बनाउने विधिबारे प्रशिक्षण दिइएको थियो।
तालिममा सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न प्रोत्साहन गर्ने र उत्पादित अचारको बजार सुनिश्चित गर्न सहकारीले उचित मूल्यमा अचार खरिद गरी बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सहकारीको सहयोगले सहभागीलाई उत्पादनमा निरन्तरता दिन र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीका प्रबन्धक एकराज श्रेष्ठले बताउनुभयो ।
तालिमले स्थानीयस्तरमा सीप विकास, स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्रिपुरासुन्दरी गाउँपालिका-२ का वडाध्यक्ष कृष्ण खत्री, गाउँपालिकाको कृषि तथा सहकारी विभागका कृष्ण भट्टराई र रोजगार विभागका प्रमुख गणेश बसौलाले सिकेको सीपलाई व्यावहारिक रूपमा प्रयोग गरी व्यावसायिक उत्पादनमा जोडिन आग्रह गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |