

बंगालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन ।
यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
आज प्रदेश १, बागमती र गण्डकीमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ, बाँकी प्रदेशमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
राति पनि ती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने आकलन गरिएको छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |