

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कर्रापुल नजिकै अज्ञात व्यक्तिको चक्कु प्रहारबाट बुधबार राति एक युवक गम्भीर घाइते भएका छन् । स्थानीय २८ वर्षीय अजित लामा चक्कु प्रहारबाट घाइते भएका प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने युवक भने फरार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घाइते लामाको हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछि भरतपुर रिफर गरिएको छ ।
लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्नेको पहिचान भने भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |