

धादिङ ।धादिङबेसी मलेखु सडकखण्ड अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ दारेगौडा र साघुटारमा सडक माथीबाट पहिरो खसेको छ।
आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि सडक पुर्ण रुपले ठप्प भएको छ ।केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् ।
पहिरोले ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बागमती कलमलाई जानकारी दिनुभयो ।
पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकोले अत्याधिक जोखिम रहेको प्रहरी निरिक्षक सिलवालले बताउनुभयो ।
जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडक(कालुपाण्डे मार्ग) अवरुद्ध हुँदा सवारीसाधन बाटोमै रोकिएका छन् । तस्बिर : शंकर श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |