

धादिङ,२० फागुन ।
भोलीदेखी हुने प्रथम जलमुखी धार्मिक तथा पर्यटनको महोत्सवको तयारी पुरा भएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर– ६ को आयोजना तथा जलमुखी मन्दिर संरक्षण समिती व्यवस्थापन र ज्वालामुखी गाउँपालिकाको सहयोगमा भोलीदेखी फागुन २३ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी सकिएको ज्वालामुखी गाउपालिका–६ का वडा अध्यक्ष किशोर सेडाईले जानकारी दिनुभयो । महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने वडाअध्यक्ष सेडाईले बताउनुभयो ।
महोत्सवमा ईन्द्रेणीको टिम सहित राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, टिका सानु, रविन लामिछाने,अस्मिता डल्लाकोटी, सिताराम परियार, बासु सिंखडा, रितु तामाङ लगायत स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने सेडाईले बताउनुभयो ।
धादिङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल जलमुखी मन्दिरमा हरेक बर्ष फागु पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |