

टी–२० विश्वकप क्रिकेटमा अक्टोबर २३ मा भारत र पाकिस्तानको टोली आमनेसामने हुँदैछन् । भारत र पाकिस्तानबीचको कडा प्रतिद्वन्द्वीका कारण विश्वभरका मानिसहरु यो खेललाई लिएर उत्साहित छन् ।
तर, खेलको दबाब हटाउन दुवै देशका खेलाडीले के गर्छन्, यसको जवाफ शनिबार अस्ट्रेलियाको मेलबर्नमा भारतीय कप्तान रोहित शर्मा र पाकिस्तानका कप्तान बाबर आजमले दिएका छन् ।
रोहित शर्माले मिडियासँगको कुराकानीमा भने, ‘हामीलाई थाहा छ कि खेलहरू कति महत्त्वपूर्ण छन् तर यसबारे सधैं कुरा गर्नुको कुनै अर्थ छैन। यसले आफैंमा दबाबको भावना पैदा गर्छ।’
जब दुई देशबीचको खेल हुन्छ, क्रिकेट फ्यानहरूले यसलाई युद्ध जस्तै हेर्न थाल्छन्। तर दुवै टोलीका खेलाडीले आपसमा सद्भाव कायम राखेका छन् ।
रोहित शर्माले भने, ‘पहिले एसिया कपमा र अहिले हामी जहिले पनि भेट्छौं । भेटमा घरमा सबैजनालाई कस्तो छ ? के भइरहेको छ ? जस्ता अन्य विषयमा कुरा गर्छौं।’
यो कडा प्रतिद्वन्द्वीका बाबजुद पाकिस्तानी टोलीका कप्तान बाबर आजमले पनि दुई टोलीबीचको मेलमिलाप दोहोर्याए।
उनले भने, ‘जब हामी भेट्छौँ, क्रिकेटबाहेक पनि धेरै कुरा हुन्छ । उहाँ (रोहित) मभन्दा सिनियर हुनुहुन्छ। जब हामी भेट्छौं म उहाँको अनुभवबारे जान्न चाहन्छु किनकि उहाँले भारतीय टोलीमा लामो समय सेवा गर्नुभएको छ। कसैको अनुभवबाट सिक्नु सधैं राम्रो हो।’
बाबर आजमले पनि भारत र पाकिस्तानबीचको खेलमा पारा सधैँ तातो हुने बताए ।-एजेन्सी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |