

धादिङ,२४ चैत ।
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सांसदहरूले उठाएको विषय सरकारले नसुनेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले सरकार सदनप्रति जिम्मेवार नभएको आरोप लगाउदै सरकारलाई विश्वासको मत दिएपछि १९ वटा बैठक भएको र ती बैठकमा सांसदहरूले उठाएको विषयमा सरकारले जवाफ नदिएको बताएका हुन्।
पाण्डेले सिंहदरबारमा संसद भवन हुँदा सभामुखका दायावाया कर्मचारी हुने र ती कर्मचारीले नै सांसदले उठाएका विषय नोट गर्ने र सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूलाई दिएपछि मन्त्रीले जवाफ दिने गरेको स्मरण समेत गरे।
उनले हरेक दिन एकजना मन्त्रीले आएर संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको उठेको कुराहरुमा उत्तर दिने खालको परिस्थिती बनाउन सभामुखबाट रूलिङको मागसमेत गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |