

धादिङ,२४ चैत ।
धादिङको धुनिवेशी आर्दश क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियूका रोशन नेपाल विजयी भएका छन् ।
धुनिवेशी नगरपालिका–३ मा रहेको उक्त क्याम्पसमा आज भएको निर्वाचनबाट स्ववियु सभापति नेपालसहित प्यानल नै विजयी भएका छन् ।
नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानलबाट उम्मेदवार रहेका नेपालले ८७ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलकी सिर्जना केसीले ६२ मत ल्याईन ।
यस्तै सचिवमा नेवि संघकी रञ्जिता बस्नेत(८२ मत), कोषध्यक्षमा नेवि संघकी रश्मि राई(८५ मत), सदस्यहरुमा नेवि संघकै रेजिना मिश्र, दिपेश तामाङ र अनेरास्ववियूकी सुनिता विशुंखे विजयी भएका छन् ।
योसँगै धादिङमा रहेका ९ वटा क्याम्पसहरु मध्ये ८ वटामा भएको स्वतन्त्र विद्याथी युनियन (स्ववियु)को निर्वाचन अन्तरगत ५ वटा क्याम्पसमा अखिल(क्रान्तिकारी), नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियू १÷१ वटा क्याम्पसमा विजयी भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |