

धादिङ,२७ चैत्र ।
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ सत्यदेवीमा अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको आयोजनामा आजदेखी प्रथम राम बहादुर तामाङ(सेक्के) स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको धादिङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उद्घाटन गर्नुभएको हो।
गाउँपालिका अध्यक्ष रण बहादुर तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रजिअ ढकालको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक रबिन्द्र जङ्ग तामाङको बिशेष आतिथ्य रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रजिअ ढकालले यस्तो अन्तरपालिका स्तरीय प्रतियोगिताहरुले पालिका पालिका बिच समन्वय र सहकार्य हुने बताउनुभयो। खेलले खेलसंगै स्वास्थको पनि विकास हुने भन्दै यस्ता प्रतियोगिताहरु निरन्तर गर्न आग्रह गर्नुभएको छ। गाउँपालिका अध्यक्ष तामाङले सहिदहरुको सम्झनामा अबदेखी यस्ता प्रतियोगिता हरुलाई परस्कृत गर्दै जाने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तामाङले सेक्केको योगदान बारे चर्चा गर्दै सामन्तवादको थिचोमिचो, अपमानको विरुद्ध आवाज उठाउने सेक्केको स्मृतिमा गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको बताउनुभयो।
धादिङ पत्रकार महासङ्का अध्यक्ष राजाराम शर्माले धादिङमा खेलकुद गतिविधिले गति लिएको भन्दै सन्चार क्षेत्रले खेलकुद क्षेत्रलाई अगाडी बढाउन सहयोग गर्ने बताउनुभयो ।
यस्तै धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रताप सि तामाङले आफ्नो कार्यकालमा जिल्लामा खेलकुद्ले ठूलो फड्को मारेको भन्दै खेलको विकासको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। साथै जिल्लामा हुने हरेक खेलमा सबै स्थानीय तहले सहभागीता हुन पनि आग्रह गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ,विभिन्न वडाका वडा अध्यक्षहरु, धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रताप सि तामाङ, अनुसन्धान अधिकृत रिता बराल, जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ, धादिङ पत्रकार महासङ्का अध्यक्ष राजाराम शर्मा, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, सन्चारकर्मी लगाएतको आतिथ्य रहेको थियो ।
कार्यक्रम चर्चित गायिका पुर्णकला बिसि, मोडल रुविना अधिकारी, मेन्दोमाया गायक युबि मोङ्ग्रेसा तामाङ, रमला पाखृनले आफ्नो प्रस्तुति दिएका थिए ।
आजदेखी सुरु प्रतियोगितामा धादिङ र नुवाकोटका गरि विभिन्न ९ पालिका सहभागी छन् ।
जस्मा धादिङको निलकन्ठ नपा, सिद्धलेक गापा, गङाजमुना गापा, रुवी भ्याली गापा, खनियाबास गाउँपालिका ए र बि, बृचेत युवा समाज खनियाबास-३, नुवाकोट मेघाङ्को न्यु लालिगुरास युवा क्लब र द राइजिङ मङोलिएयन युवा क्लब रहेको गाउँपालिका सामजिक विकास शाखा प्रमुख दुर्गा शाही ठकुरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद ७५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रोले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाले जनाएको छ। प्रतियोगिता चैत २९ गतेसम्म संचालन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |