

धादिङ,०७ बैशाख।
धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले माग सम्बोधन नगरे बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।
बिहीबार दुबै पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै १५ दिन भित्र माग सम्बोधन नभए फोहोरको ढुवानी समेत बन्द गरिदिने चेतावनी दिएका छन्। दुई पालिकाका जनप्रतिनिधिहरु संयुक्त बैठक बसेर निर्णय गर्दै बिभिन्न ६ वटा माग राखेका छन् ।
गत जेठ २३ गते नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका,धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरु बीच र २०७२ जेठ २६ गते काठमाण्डौ, धुनिवेशी र ककनीको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच भएको सम्झौता अनुरुपका बुदाँहरु तत्कालै कार्यान्वयनमा ल्याउनुपर्ने विज्ञप्तिमा भनिएको छ।
साथै फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिवाट विज्ञ टोलि गठन गरि न्युन प्रभाव पर्ने गरि फोहोरमैला व्यवस्थापन गर्ने र वञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिन्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगाएतका माग राखेका छन्।
पटक–पटक आश्वासन दिएता पनि त्यसको कार्यान्वयन नगरेकाले अल्टिमेटम दिएको बताइएको छ ।
यस्ता छन् मागहरु :
१.मिति २०७९।०२।२३ गते, नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरु बीच र मिति २०७२।०२।२६ गते काठमाण्डौ महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच भएको सम्झौताका अनुरुप बुदाहरु कार्यान्वयन नभएको हुदाँ ति वुर्दाहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउन पर्ने ।
२.फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिवाट विज्ञ टोलि गठन गरि न्युन प्रभाव पर्ने गरि फोहोरमैला व्यवस्थापन गर्ने र वञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिन्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने ।
३. ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका अति प्रभावित, प्रभावित र वेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरि वञ्चरेडाँडावाट २ कि.मि न्एक् क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रकृया तुरुन्त अगाडी वढाउनो पर्ने ।
४. हालसम्म फोहोरमैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र वञ्चरेडाँडामा के कस्ता प्रकृतिका ईआईए गरियो, कति गरियो? कार्यान्वयनको अवस्था कस्तो रहेको छ र कुन कुन निकायवाट सो भ्क्ष्ब् गरिएको हो, सोको जानकारी उपलब्ध गराउनुपर्ने ।
५. ककनी गाउँपालिका, धुनिवेशी नगरपालिका वडाहरुमा वार्षिक १० करोड वरावरको, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नको लागि नेपाल सरकार, काठमाण्डौ महानगरपालिका र सरोकारवाला निकायमा वजेट विनियोजन गर्नको लागि माग गर्नपर्ने ।
६.फोहोरमैला व्यवस्थापन गर्ने सन्दर्भमा स्थानीय अति प्रभावित प्रभावित र न्युन प्रभावितले आफ्ना मागहरु राख्ने क्रममा आन्दोलन गर्दा विभिन्न झुट्टा मुद्दा लगाई पक्राउ पुर्जी जारी गरिएको हुदाँ स्थानीय माथि थप चोट पुगेको छ जस्ले गर्दा तत्काल त्यस्ता प्रकृतिका मुद्दाहरु फिर्ता लिई निजहरुको मानव अधिकार संरक्षण गर्नुपर्ने ।
७. माथि उल्लेखित मागहरु १५ दिन भित्रमा पुरा नभएमा दुवै स्थानीय तहको कार्यपालिका बैठकले निर्णय गरि फोहोरको ढुवानी बन्द गराईनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |