

धादिङ,२३ बैशाख ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको छ ।
शनिबार धादिङबेशीमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री जमकट्टेलले एन. एस. मिडिया धादिङद्धारा प्रकाशित ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको हो ।

पुस्तकमा २०५२ साल देखि २०६२ साल सम्म चलेको १० बर्षे जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, ऐतिहासिक फोटोहरु लगाएतका विषय समेटिएको छ।
लोकार्पण कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री शालिकराम जमकट्टेलले जनयुद्धमा धादिङ पुस्तक एक ऐतिहासिक दस्तावेज बनेको र यो कृतिको महत्व छुट्टै रहेको बताउनुभएको छ ।

कार्यक्रमका विशेष अतिथि संघीय सांसद रामनाथ अधिकारीले जनयुद्धको उपलब्धीलाई अझै संस्थागत गर्न बाँकी रहेको बताउनुभयो।जनयुद्धको क्रममा धादिङमा सबै दल, सेना प्रहरी र सामान्य नागरिक कतिले सहादत प्राप्त गरेका थिए एउटा महत्वपूर्ण कलेक्सनका रुपमा धादिङमा जनयुद्ध पुस्तक आएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमका अतिथि एवम् नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले पुस्तकको भावना र मर्म पठनीय त छदैंछ यो पुस्तकले उठाएको मर्मलाई स्थानीय सरकारले स्थानीय शिक्षाको पठ्यक्रममा समेत राख्नु पर्ने बहस पैदा गरेको बताउनुभयो ।
उहाँले अत्यन्त मेहनतका साथ पुस्तक तयार भएकाले अब प्रदेश सरकार र स्थानीय सरकार मिलेर धादिङमा जिल्लाका सबै सहिदहरुको स्मृतिमा जनयुद्ध स्मृतिपार्क बनाउन मुख्यमन्त्री शालिकराम जमकट्टेलको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।
कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट बोल्दै एमाले धादिङका उप–सचिव राधिका सापकोटाले जनयुद्ध ठिक थियो थिएन त्यो फरक विषय हो, तर सो अवधिमा धादिङमा को कति मारिए थिए उनीहरुको जिवनी, घाईते अपाङ्ग र कति विस्थापित बने यी सूची समेटिएको पुस्तक प्रकाशित हुनु महत्वपूर्ण दस्तावेज रहेको बताउनुभयो ।
पुस्तकबारे विमर्शमूलक मन्तव्य राख्दै डा. नविनबन्धु पहाडी र डा. हरिप्रसाद सिलवालले पुस्तक ऐतिहासिक दस्तावेजको रुपमा आएको सकारात्मक पाटो हुँदा हुँदै पनि द्वन्दको क्रमका सहिद परिवारको अवस्था, घाईते÷अपाङ्ता भएका व्यक्तिको अहिलेको अवस्था के कस्तो छ, त्यो विषय छुटेको औंल्याउनुभएको थियो ।

कार्यक्रममा पुस्तक प्रकाशनको लागि सहयोग गर्नेहरुलाई सम्मान पत्र एवम् कदर पत्र प्रदान गरिएको थियो । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष एवम् पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर थपलिया (विवेक) को सभापतित्वमा भएको पुस्तक लोकार्पण कार्यक्रममा बिभिन्न गाउँपालिकाका प्रमुख, बिभिन्न वडाका वडाध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधिहरु, समाजसेवी तथा सञ्चारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।
उक्त ‘जनयुद्धमा धादिङ’ पुस्तक लोकार्पण कार्यक्रम पत्रकार नारायण सिलवालले सञ्चालन गर्नुभएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |