

धादिङ,३२ ज्येष्ठ ।
धादिङ जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता भोलि देखि सुरु हुने भएको छ ।
धादिङ जिल्ला कबड्डी क्लवको आयोजनामा धादिङबेशीस्थित कर्भड हलमा हुने प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानबाट १६ टिम सहभागी हुने क्लवका अध्यक्ष रत्नेश यादवले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष तर्फ धादिङ कबड्डी क्लव, बेनिघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, नीलकण्ठ बहुमुखी क्याम्पस, बालमन्दिर मावि, किबो स्पोर्टस टिम, देउराली मावि र इन्द्रायणी युथ क्लव, सुनौलो भैरवी मावि, राईजिङ कबड्डी टिम सहभागी छन् ।
त्यसैगरी महिला तर्फ धादिङ कबड्डी क्लव, नीलकण्ठ मावि, बालमन्दिर मावि, न्यू किबो बोर्डिङ, सुनौलो भैरबी मावि र बेनीघाट रोराङ गाउँपालिका सहभागी हुने क्लवका अध्यक्ष यादवले बागमती कलम डटकमलाई बताउनुभयो ।
उक्त प्रतियोगितामा पुरुषतर्फ विजेता र उपबिजेता टिमले क्रमश ५० हजार र ३० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् भने महिला तर्फ विजेता र उपबिजेता टिमले क्रमश ३० हजार र २० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजक क्लवका कोषाध्यक्ष मनिष श्रेष्ठले बताउनुभयो ।
यस्तै महिला पुरुष दुबैको तृतीय हुने समुहले ट्रफी,मेडल र प्रमाणपत्र पाउने श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सहभागी खेलाडीलाई बिहान बेलुकाको खाना आयोजकले नै व्यवस्था गरेको श्रेष्ठको भनाई छ ।File photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |