

धादिङ,०१ असार।
धादिङ जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता आज देखि सुरु भएको छ ।
धादिङ जिल्ला कबड्डी क्लवको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङबेशीस्थित कर्भड हलमा सुरु भएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष तामाङले खेलकुद विकास समितिले आवश्यक सहयोग गर्ने भन्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्रता दिन आग्रह गर्नुभयो । साथै जारी प्रतियोगिता भर अनुशासित ढङ्गले खेल प्रदशन गर्न पनि सहभागी खेलाडीलाई अनुरोध गर्नुभएको छ ।
धादिङ जिल्ला कबड्डी क्लवका अध्यक्ष रत्नेश यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष तामाङको प्रमुख आतिथ्य तथा धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्र,बिभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानबाट १६ टिम सहभागी छन् ।जसमा पुरुष तर्फ धादिङ कबड्डी क्लव, बेनिघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, नीलकण्ठ बहुमुखी क्याम्पस, बालमन्दिर मावि, किबो स्पोर्टस टिम, देउराली मावि र इन्द्रायणी युथ क्लव, सुनौलो भैरवी मावि, राईजिङ कबड्डी टिम सहभागी छन् ।
त्यसैगरी महिला तर्फ धादिङ कबड्डी क्लव, नीलकण्ठ मावि, बालमन्दिर मावि, न्यू किबो बोर्डिङ, सुनौलो भैरबी मावि र बेनीघाट रोराङ गाउँपालिका रहेका छन् ।
उक्त प्रतियोगितामा पुरुषतर्फ विजेता र उपबिजेता टिमले क्रमश ५० हजार र ३० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् भने महिला तर्फ विजेता र उपबिजेता टिमले क्रमश ३० हजार र २० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।यस्तै महिला पुरुष दुबैको तृतीय हुने समुहले ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।

लिगमा खेलाईने यस प्रतियोगिताको फाईन भने असार ३ गते हुने आयोजकले जानकारी दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |