

धादिङ,०१ असार।
धादिङका बिभिन्न स्थानमा भोलि शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार धादिङ वितरण केन्द्र अन्तरगत धादिङबेशी सवस्टेशनको पुरानो सर्किट ब्रेकर परिवर्तन गरी नयाँ जडान तथा अन्य मर्मत संभार गर्नुपर्ने भएकोले बिहान ६ बजेदेखी दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
धादिङबेशी सवस्टेशनबाट सप्लाई भएको धादिङबेशी बजार फिडर, सांकोष,मुरलीभञ्या फिडर र सुनौलाबजार फिडर अन्तरगतका सम्पुर्ण क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने सूचनामा भनिएको छ ।
त्यस्तै नौबिसे ३३ केभी प्रशारण लाईन नजिक रहेका रुखका हाँगा काट्ने काम रहेकाले मौसमको अनुकुलतामा शनिबार बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म थाक्रे गाउँपालिकाको सम्पुर्ण एरिया,धुनीबेशी नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७, ८ र ९ अनतरगत टायलघर ,खानिखोला, नौबिसे, धार्के, पण्डितपौवा ,जिवनपुर ,महादेववेशी ,सिम्ले ,जुगेँखोला लगाएत आसपासका स्थानमा पनि विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |