

धादिङ,०७ असार।
धादिङका बाँदरपीडित किसानहरुले बाँदर आतंक रोक्न सरोकारवाला निकायमा गुहार मागेका छन् ।
बुधबार निलकण्ठ, ज्वालामुखी र त्रिपुरासुन्दरीका बाँदर पीडित किसानहरुले धादिङवेशीमा ¥याली गर्दै कृषी ज्ञान केन्द्र, डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गर्दै ध्यानाकर्षपत्र बुझाएका छन् ।
सदरमुकाम धादिङबेशीस्थित पुछारबजारबाट शुरु भएको ¥याली शितलबजारचोक हुँदै प्रशासन पुगेको थियो ।¥यालीमा सहभागी किसानहरुले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर,बाँझो बारीको क्षतिपुर्ति दे भन्ने लगाएतका नारा लगाएका थिए ।
बाँदरले खेतबारीमा मात्रै नभएर घरमा राखेको अन्नबालीमा समेत क्षति गरेको नीलकण्ठ नगरपालिका वडा नं ९ का तिल प्रसाद लम्सालले बताउनुभयो ।विगत १० बर्षदेखीदेखी नै यो समस्या भोग्दै आएको भन्दै उहाँले राज्यले यसको क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
बाँदरबाट आजित किसानले बर्षेनी सरोकारवालालाई जानकारी गराउँदा पनि किसानको माग सुनुवाइ नभएको र समस्या ज्यूँका त्यूँ भएको लम्सालको भनाई छ । नीलकण्ठ नगरपालिका वडा नं ९ कै नवराज दुवाडीले बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो राख्नु परेको गुनासो गर्नुभयो ।
बारम्बार स्थानिय प्रशासन, कृषि, बन लगाएतका निकायलाई गुर्हादा पनि सुनवाई हुन नसकेको उहाँको भनाई छ ।
किसानहरुको ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, डिभिजन वन कार्यालय धादिङका वन अधिकृत अजय विक्रम मानन्धरले सम्बन्धित शाखाहरुसँग समन्वय गरेर बाँदर नियन्त्रणका लागि पहल गर्ने बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |