

मेष :
– दिन राम्रो छ। आरामदायी बसोबास हुनेछ। मिठो खान पाइने छ। सन्चित धन खर्च हुने देखिन्छ। विद्वानबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुन्छ। परिवारमा भने विश्वासको खडेरी देखिन्छ।
वृष :
– सामाजिक क्षेत्र सबल छ। शिक्षामा उन्नति हुनेछ। परिवारबाट खुशी मिल्नेछ। आर्थिक क्षेत्र राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन :
– दैनिकी सामान्य राम्रो छ। परिवारमा शंका उपशंका उठ्न सक्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।
कर्कट :
-दिन राम्रो छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नुपरेमा गति सीमित गर्नुपर्छ। दुर्घटनाको जोखिम हुने योग भएकाले यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ।
सिंह :
-दिन सामान्य राम्रो छ। परिवारमा एक्लै निर्णय गर्न खोज्दा समस्या हुनसक्छ। शिक्षाको क्षेत्रबाट उपलब्धि प्राप्त हुनेछ।
कन्या :
-अचानक चिट्ठा पर्ने सम्भावना देखिन्छ। आफूले आफूलाई सुधार गर्नुपर्ने दिन हो। बोली वचनमा ख्याल गरेमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध राम्रो छ।
तुला :
-समय राम्रो छ। प्रतिस्पर्धा गर्नेहरु सूर्य उदयपछिको अध्यारो भागेजस्तै हराउने देखिन्छ। बन्धुबाट सहयोग हुनेछ। शिक्षाको लगानीले फाइदा दिनेछ।
वृश्चिक :
-दैनिकी सामान्य छ। पश्चिम तर्फको यात्रा नगर्नु राम्रो। तीव्र गति आजको लागि राम्रो नहुन सक्छ। परिवारको साथ भने निरन्तर पाउने योग रहेको छ। प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।
धनु :
-स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट प्रगति हुनेछ। गोपनीयता खोलिएमा परिवारमा समस्या हुनसक्छ। जसले गर्दा परिवारको साथ नमिल्न सक्ने देखिन्छ।
मकर :
-समय सामान्य राम्रो छ। बन्धुसँगको भेटले दिन रामाइलो हुनेछ। आफूले नजानेकै कारण धन खर्च हुने योग छ। परिवारमा विश्वास गुम्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।
कुम्भ :
-आर्थिक क्षेत्र सबल छ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जाने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन :
-दिन राम्रो छ। नसोचेका शुभचिन्तकसँगको भेटले रमाइलो हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ पाउने योग रहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |