

मेष :
-दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । व्यापार र रोजगारीबाट प्रगति हुनेछ । पुरानो रोग बढ्ने देखिन्छ । चिसो मौसम भएकाले तातो कपडा लगाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । परिवारको साथ रहनेछ ।
वृष :
– दैनिकी सामान्य छ । आम्दानीका क्षेत्र सबल छन् । प्रतिस्पर्धी शक्तिशाली देखिन्छन् । प्रेम सम्बन्ध राम्रो बन्नेछ । परिवारको साथ र सहयोग रहने छ ।
मिथुन :
-समय राम्रो छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा समस्या रहने भएकाले खानपानमा ख्याल गर्नुपर्छ । शिक्षामा राम्रो प्रतिफल प्राप्त होला । परिवारको झन्झट सुन्नुपर्ने दिन छ ।
कर्कट :
– दैनिकी सामान्य छ । असहयोग गर्ने धेरै छन् । धार्मिक क्षेत्रको यात्रा रमाइलो हुनेछ । परिवारको साथ रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह :
-दिन रमाइलो छ । तर वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । धार्मिक क्षेत्रको यात्रा सफल नहुन सक्छ । शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुने योग रहेको छ । परिवारको असन्तुष्टि सुन्नुपर्ने दिन छ ।
कन्या :
-दिन राम्रो छ । लगानीको क्षेत्र सबल छ । परिवारसँगको समय रमाइलो हुनेछ । प्रतिस्पर्धी पराजित हुनेछन् । प्रेम सम्बन्धका लागि शुभ दिन रहेको छ ।
तुला :
-सन्तानलाई दिएको शिक्षा उचित नहुँदा गलत व्यवहार गर्न सक्छन् । दाम्पत्य जीवन सामान्य ढंगले चल्नेछ । शिक्षाको क्षेत्रमा धोखा हुने देखिन्छ ।
वृश्चिक :
-दिन सामान्य छ । झुटा आरोप सुन्नुपर्ने हुन्छ । गणेशको चिन्तन गर्नुहोला । मानसिक चिन्ता हट्नेछन् । हरेक क्षेत्रमा खटपट आए पनि परिवारको साथ र सहयोग राम्रो मिल्नेछ ।
धनु :
-दिन राम्रो छ । आफू शान्त रहे सबै शान्त हुने योग रहेको छ । तपाईंको बोलीले आफैंलाई अप्ठेरोमा पार्नेछ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छ । परिवारसँगको सम्बन्ध सुमधुर रहन्छ ।
मकर :
-समय सामान्य छ । धेरै राम्रा कामलाई छोडेर एउटा गल्तीको खोजी हुने भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारबाट राम्रो साथ मिल्नेछ । प्रेम सम्बन्ध आजका लागि सफल देखिन्छ ।
कुम्भ :
– दैनिकी सामान्य छ । हरेक क्षेत्र विवादित छन् । आम्दानी भन्दा खर्च बढी हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा झमेला हुनसक्ने देखिन्छ ।
मीन :
– समय राम्रो छ । बन्धुबाट सकारात्मक सहयोग हुने योग रहेको छ । परिवारसँगको सम्बन्ध राम्रो हुनाले दिन रमाइलो हुनेछ । अचानक सञ्चित धन खर्च भए पनि अरु सबै पक्ष सबल छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |