

मेष :
-दिन राम्रो छ। काम सफल हुनेछ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। धर्म र न्याय क्षेत्रका विद्वानसँग भेट हुनेछ। गुरुसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारको साथ र सहयोग रहने छ।
वृष :
-दैनिकी राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा सचेत हुनुपर्ने देखिन्छ। ठुलाको सम्मान गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ।
मिथुन :
-आजको दिन राम्रो छ। गुरुबाट सहयोग मिल्नेछ। बोलीमा मोहनी रहेकाले समाजमा परोपकार गर्नु राम्रो हुन्छ। परिवारको मर्म नबुझ्दा वादविवाद बढ्नेछ। वैदेशिक क्षेत्रमा भएको लगानीबाट उन्नती हुनेछ।
कर्कट :
-दैनिकी सामान्य छ। तमो गुणी ग्रह राहु र केतुका बिचमा चन्द्रमा रहेका छन्। यसले गर्दा हरेक काममा अवरोध सिर्जना हुनसक्छ। विश्वास घट्ने देखिन्छ। बिहान मन्दिरमा पुगेर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। माया प्रेममा खटपटी हुने जोखिम छ।
सिंह :
-दिन राम्रो छ। पराक्रम बढ्नेछ। श्रमको सम्मान हुनेछ। स्वास्थ्य, वैदेशिक क्षेत्र र परिवारसँगको सम्बन्ध सबल देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा नहुनेछ।
कन्या :
– तपाईंको कार्यशैलीमा धेरै मानिस प्रभावित हुनेछन्। आफ्ना सहकर्मीसँग बोल्न नजान्दा कटुता बढ्नेछ। दु :खीलाई सहयोग र परेवालाई अन्न प्रदान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
तुला :
-दैनिकी राम्रो छ। आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र सबल छन्। आज साथीको हुटहुटीमा लागेर पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथले दिन राम्रो हुनेछ।
वृश्चिक :
-समय सामान्य राम्रो छ। तपाईंको बोलीको कारण धेरै काम बन्नेछन्। थोरै सम्पत्ति परोपकारमा खर्च गर्नु राम्रो हुन्छ। खानपानमा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। परिवारको साथमा दिन रमाइलो हुनेछ।
धनु :
-दिन राम्रो छ। स्वास्थ्य, शिक्षा, रोजगारीको क्षेत्र अब्बल देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुने योग रहेको छ। परिवारको राम्रो साथ र सहयोग मिल्नेछ।
मकर :
-दिन सामान्य राम्रो छ। गुरुको साथ रहने छ। आज स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारमा सामान्य विषयले वादविवादको रुप लिने देखिन्छ।
कुम्भ :
-दिन सामान्य राम्रो छ। आफ्नै रिसले आफैलाई घाटा हुनेछ। हरेक क्षेत्रमा आरोप सुन्नुपर्ने छ। पाथिभराको सम्झना वा दर्शन गरेमा धेरै समस्याको समाधान हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
मीन :
– दिन राम्रो छ। अरुको कुरा नसुन्ने बानीले आर्थिक क्षति हुने योग रहेको छ। गुरुको साथ र सहयोग रहने भएकाले इज्जत बढ्नेछ। परिवारसँगको सम्बन्ध राम्रो रहने योग रहेको छ। प्रेम सम्बन्ध रोमाञ्चक बन्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |