

बालाजुको गंगाहल नजिकै फ्याल्ट लिएर बसेका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बोलिभिया घर भएकी युवती र ग्वाटेमालाका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा बोलिभियाकी २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जा र ग्वाटेमालाका ७३ वर्षीय जेष्ठ नागरिक ली मुन्नो बार्नी रहेको प्रहरीको भनाइ छ । पर्यटक भिषामा नेपाल आएका उनीहरूको भिषाको म्याद नाघेको भेटिएको र कानुनी कारवाहीका लागी प्रहरीले अध्यागमन विभागमा बुझाएको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरू एक वर्षअघि नेपाल आएर काठमाडौं–१६ स्थित गंगाहल नजिकै फ्ल्याटमा सँगै बसिरहेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |