

मेष :
-दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव समाजमा पर्ने देखिन्छ। नम्र भएर बोल्दा नाफा हुनेछ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।
वृष :
-दिन राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। श्रमको फल प्राप्त गर्न मेहनत गर्नुपर्ने देखिन्छ। सञ्चित धनको खर्च हुनेछ। धन खर्च गर्दा सदुपयोग हुने ठाउँमा लगानी गर्नु राम्रो हुन्छ।
मिथुन :
-दैनिकी राम्रो छ। वैदेशिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट बच्नुपर्नै देखिन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।
कर्कट :
– समय राम्रो छ। रामको स्मरण मात्र गरेमा शिक्षा र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।
सिंह :
-दिन राम्रो छ। लगानी गरेका क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रको लगानीबाट उत्कृष्ट नतिजा मिल्नेछ। परिवारमा झमेला हुने भएकाले मौन भएर त्यसलाई जित्नुपर्ने देखिन्छ।
कन्या :
-दिन राम्रो छ। उदय भएका चन्द्रमाको साथले हरेक काम सफल हुनेछन्। आफन्तले कुरा काट्ने भएकाले सचेत हुनुपर्छ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ पाइने छ।
तुला :
-दिन सामान्य राम्रो छ। गुरुबाट असहयोग हुने भएकाले धेरै चुनौती छन्। न्यायपूर्वक गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। आफूभन्दा ठुलाको आज्ञा लिएर काम गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।
वृश्चिक :
-दैनिकी राम्रो छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। काम गर्दै जाँदा विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। परिवारको भने सहयोग प्राप्त हुनेछ।
धनु :
-दैनिकी राम्रो छ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। परोपकारको काम गर्नाले मन खुशी हुनेछ। आँखामा समस्या हुने भएकाले समयमै सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर :
-समय राम्रो छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। खर्च भएको रकमको सदुपयोग हुनेछ। दुःखीलाई आफ्नै हातले वस्त्र र अन्न प्रदान गरेमा राम्रो हुन्छ।
कुम्भ :
-दिन सामान्य छ। शनिदेवलाई खुशी पार्न शिवको भजन सुन्नु फाइदाजनक हुन्छ। स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। रोजगारीको क्षेत्रमासमेत फाइदा हुनेछ। परिवारको असन्तुष्टि सुन्नुपर्ने छ।
मीन :
-दिन राम्रो छ। स्वदेशमै रोजगारीको सम्भावना देखिन्छ। आफन्तबाट प्रशंसा हुन्छ। सम्मान प्राप्त हुनसक्छ। दिनमा निन्द्रालाई त्याग गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |