

मेष :
-दिन राम्रो छ। तपाईंको श्रम लगानीबाट फाइदा हुनेछ। समाजले भने राम्रो भन्ने छैन। सत्यलाई नछोडेमा सबै कुरा राम्रो हुनेछ। परिवारको साथ पाइने छ।
वृष :
-दिन सामान्य राम्रो छ। आर्थिक क्षेत्र सबल छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ।
मिथुन :
– कर्ममा विश्वास गर्ने दिन हो। न्याय मिल्नेछ। इमान्दार भएर काम गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।
कर्कट :
– दैनिकी सामान्य छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। रोजगारीमा फाइदा हुनेछ। पारिवारमा भने समस्या आइलाग्न सक्छ।सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। लगानीको फल मिल्नेछ। तपाईंको व्यवहारले परिवार सन्तुष्ट हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।
कन्या :
-दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। पेट सम्बन्धी समस्या देखिन सक्छ, चिसोबाट जोगिनु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला :
-दिन राम्रो छ। रमाइलो यात्रा हुनसक्छ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। शिक्षा क्षेत्रको प्रयास असफल बन्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।
वृश्चिक :
– दिन सामान्य राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीमा ठगबाट बच्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्ध विस्तार हुनेछ।
धनु :
-दैनिकी राम्रो छ। काम गर्ने शैलीबाट अरु प्रभावित हुनेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षा क्षेत्रमा मेहनतको आवश्यकता देखिन्छ। सम्मान प्राप्त हुने योग छ। परिवारको सहयोग मिल्नेछ।
मकर :
-दिन सामान्य राम्रो छ। भविष्यका लागि सोच्नुपर्ने दिन आएको छ। निर्णयमा ढिलाइ गरेमा पछुताउनुपर्नेछ। व्यापारको क्षेत्र सबल छ। परिवारको सहयोग प्राप्त हुनेछ।
कुम्भ :
-दैनिकी सामान्य राम्रो छ। व्यापारको क्षेत्रमा फाइदा हुनेछ। बोलीमा शनिदेवको दृष्टि रहेकाले बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।
मीन :
-दिन राम्रो छ। हौसिएर बोल्नु भन्दा अभिभावकको सल्लाह लिएर थोरै बोल्नु राम्रो हुन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्ध दरिलो बन्ने देखिन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |