

मेष :
-दैनिकी सामान्य राम्रो छ। बोलीमा ख्याल गर्नु राम्रो हुन्छ। हरेक क्षेत्र सबल छन्। लगानी गरेको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिमा भने समस्या देखिन्छ। परिवार र समाजले तपाईंको प्रशंसा गर्नेछ।
वृष :
-दिन संघर्षपूर्ण छ। श्रमको मूल्य प्राप्त हुने भएकाले श्रम गर्दा हार खानु हुँदैन। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामज र परिवारले प्रशंसा गर्ने योग छ।
मिथुन :
-ग्रह गोचरी सामान्य छ। आफन्तले भन्दा बाहिरका मान्छेले सहयोग गर्नेछन्। गुमेको धन प्राप्त हुनेछ। गुरुबाट प्राप्त सहयोगले मनमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट :
– समय राम्रो छ। प्रतिस्पर्धी पराजित हुनेछन्। समाजले तिरस्कार गर्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्धमा खटपटी हुने खतरा छ। प्रेम सम्बन्धमा उतारचढाव देखिन्छ।
सिंह :
-दिन सामान्य राम्रो छ। लगानी गरेको ठाउँमा जोखिम देखिन्छ। विदेशको आम्दानी राम्रो हुनाले लगानीमा हात बढाउनु राम्रो हुन्छ। परिवारमा विश्वासको संकट देखिन्छ।
कन्या :
-दिन राम्रो छ। रमाइलो यात्रा हुनसक्छ। कथा र प्रवचनले जीवनमा उत्साह बढाउने छ। आज व्यापारको सुरुवात र विदेशको यात्रामा नगर्नु राम्रो हुनेछ।
तुला :
-दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। सहकर्मीले खुट्टा तान्ने भएकाले सचेत रहनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहने छ।
वृश्चिक :
– समय सामान्य राम्रो छ। झुटा आरोप र त्रासले सताउने खतरा छ। शनिदेवको छाया योग रहेकाले वर, पिपलको दर्शन गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
धनु :
-दैनिकी राम्रो छ। आर्थिक उन्नति हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साहा मिल्नेछ। स्वास्थ्य र रोजगारीको क्षेत्र सबल रहेको छ। वैदेशिक क्षेत्रमा आकर्षण बढ्नेछ। परिवारको सहयोग मिल्नेछ।
मकर :
-दिन सामान्य छ। गाडी र पानीमा हुने ठुलो संकटबाट बच्न सक्नुहुन्छ। तर आफन्तसँग जोगिनुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।
कुम्भ :
-दिन सामान्य राम्रो छ। बोल्दा नम्र बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा विश्वास जित्न नसक्दा खटपटी बढ्ने योग छ।
मीन :
-दिन राम्रो छ। राम्रो कामको थालनी गर्दा हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी सबल छ। परिवारको सहयोग प्राप्त हुनेछ। परिवारबाट नयाँ नयाँ कुराको माग हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |