

रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन् ।
मन्थलीबाट देउराली तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ख २२९५ नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सोही बसमा सवार परियारलाई फुलासी पोखरीमा ओर्लने क्रममा बसको चक्काले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बस चालक र बसलाई नियन्त्रणमा लिएर प्रहरी चौकी फुलासीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |