

मेष :
-मिठो खान पाइने योग छ। साथीको सहयोग प्राप्त हुनेछ। साथी तपाईंले सोचेको भन्दा धेरै नजिक हुन्छन्। धन र ज्ञान आर्जन गर्ने दिन छ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।
वृष :
-बोलीमा सरस्वतीको बास छ। धेरै मानिसको हित हुनेगरी बोल्नु राम्रो हुन्छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। तपाईंको विरोध गर्ने साथी कमजोर हुनेछन्। शिक्षा र स्वास्थ्यमा प्रगति नभए पनि वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खर्च गर्ने बानीले परिवारमा भने विवाद हुनसक्छ।
मिथुन :
-पुरानो काम सफल बन्नेछ। खुशी साट्ने उपयुक्त दिन हो। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ। सामाजिक सेवा र राजनीतिक क्षेत्रमा रुची बढ्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
कर्कट :
-अचानक रोगको प्रकोप देखा पर्नसक्छ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ। व्यवहार गर्दा आएका चुनौतीको समाधान हुनेछ। सम्मान प्राप्त हुनेछ। शिक्षामा लगानी गरेको भए उत्साह बढ्नेछ। परिवारमा भने शंकाउपशंका हुनसक्ने जोखिम देखिन्छ।
सिंह :
-परिवारको साथ र सहयोग मिल्नेछ। इच्छा अनुसार मिठो खानेकुरा प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। पेट सम्बन्धी समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। धैर्य भएर गरेको काम सफल बन्नेछ।
कन्या :
-लगानी र श्रमबाट उचित फल प्राप्त नहुने जोखिम छ। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। स्वदेशको लगानीमा मन खुशी हुनेछ। विदेशको धनप्रति आकर्षण देखिँदैन। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।
तुला :
-कुरा काट्ने सक्रिय हुनेछन्। आफ्नो श्रमको कदर नहुँदा मन उदास हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ। धार्मिक मुद्दाले अगाडि बढ्न नसक्ने देखिन्छ।
वृश्चिक :
-शिक्षामा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमै गरेको श्रमले मनमा उत्साह थपिने छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। रोगले डेरा जमाउने दिन हो। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ।
धनु :
-विद्या, बुद्धि र व्यापारको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक लगानीको क्षेत्रमा उन्नति हुनेछ। स्वास्थमा लाभ मिल्नेछ। परिवारमा सुख र शान्ति रहने योग छ। मन खुशी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर :
-कुनै काम गर्नु परेमा परिवारको साथ लिनु राम्रो हुन्छ। पन्छीलाई चारो दिनु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।
कुम्भ :
-सञ्चित धन खर्च हुनेछ। तीर्थ र पार्टी खाने नाममा खर्च बढ्नेछ। आफ्नै भनेकाहरुले कुरा काट्नेछन्। बिहानै शिवको भजन गरेमा शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन :
-धन आर्जन गर्ने समय छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रतिस्पर्धी शान्त रहनेछन्। खानपानमा सचेत नभएमा रोगको प्रकोप फैलिने खतरा छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |