

मेष :
–समय राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
वृष :
–खर्च बढ्नेछ। बोलीको प्रभावले अवसर सिर्जना हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार र शिक्षा क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन :
–गुरुको सहयोगले सफलता मिल्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ।
कर्कट :
–आम्दानीको स्रोत बढ्नेछ। प्रतिस्पर्धी शान्त रहनेछन्। लगानी गर्न आँट गरेमा सफलता प्राप्त होला। परिवारको सहयोग भए व्यापारमा फाइदा हुन्छ। शिक्षामा सफलता मिल्नेछ।
सिंह :
–दैनिकी राम्रो छ। प्रतिस्पर्धी कमजोर बन्नेछन्। विदेश यात्रा सफल बन्नेछ। राजनीतिमा खटपटी हुनसक्छ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। परिवारभित्र मेलमिलाप हुनेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्ने देखिन्छ।
कन्या :
–श्रम गर्दै हुनुहुन्छ भने मेहनत आवश्यक देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। आम्दानी बढ्ने देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ भने वैदेशिक क्षेत्रमा झुक्याउने मान्छे धेरै भएकाले सचेत बन्नुपर्ने देखिन्छ।
तुला :
–दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। श्रममा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढे सफलता मिल्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।
वृश्चिक :
–गुरुको साथ र सहयोग प्राप्त हुनेछ। साथी सकारात्मक भएकाले दिन रमाइलो हुनेछ। लगानी भए स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ।
धनु :
–जीवन सहज बन्नेछ। आम्दानीका क्षेत्र धेरै देखिन्छन्। शेयर कारोबारमा फाइदा हु्ने योग छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर :
–काम गर्ने ठाउँमा विवाद हुनसक्छ। आफन्तबाट काममा अवरोध हुने जोखिम देखिन्छ। वैदेशिक लगानीबाट सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्ने देखिन्छ।
कुम्भ :
–मन भारी हुनेछ। आफूले गरेका राम्रा कामको जस अरुले लिनेछन्। तपाईंले मेहनत गरे पनि फाइदा अरुले लिने देखिन्छ। उद्योग धन्दामा ठुलो लगानी नगर्नु राम्रो हुनेछ।
मीन :
–संघर्षपूर्ण समय छ। जति काममा व्यस्त भए पनि आम्दानी घट्ने समय छ। कुरा काट्ने सक्रिय छन्। लगानीका क्षेत्र सामान्य भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |