

धादिङ । लगातारकाे वर्षाका कारण पृथ्वी राजमार्ग अन्तरगत नौविसे-मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिराे खसेर अवरुद्ध भएकाे छ ।
बेनिघाट राेराङ गाउँपालिकास्थित सलाङघाटमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्घ भएकाे प्रहरीले जानकारी दिएको छ।
जाेगिमारा क्षेत्रमा सडक माथि खनिएकाे सडककाे लेदाे पहिराे खसेर राजमार्ग अवरुद्ध भएकाे छ ।पानी परिरहेकोले पहिराे पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
गल्छी, बैरेनी, खयरघारी, घाटबेसी, राजमार्ग एकतर्फी मात्र खुलेकाे छ ।प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र राजमार्ग निर्माण कम्पनिकाे डाेजरकाे सहायताले पहिराे पन्छाउने कार्य भईरहेकाे छ ।
गल्छी बैरेनी क्षेत्रमा सडकमा जमेकाे लेदाे हिलाेका कारण साना सवारी लेदाे पन्छाए पछि मात्र संचालन हुने अवस्थामा छ । वर्षाका कारण एकदर्जन भन्दा बढि स्थानमा सडक एकतर्फी भएकाे छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |