

आज नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन हुदै छ ।आज २ बजेदेखि एनपीएलको खेलाडी अक्सन हुने नेपाल क्रिकेट संघ (क्यान) जनाएको छ ।
अक्सनका लागि १४२ खेलाडी छनौट गरिएको छ । क्यानका अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा सहभागी गराएको छ ।
नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो ।
अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन् । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ ।
एनपीएलमा सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन् ।
यसअघि एनपीएलका फ्रेन्चाईजीका मार्की खेलाडी छानिएको छ । जसमा करण केसी काठमाडौँ फ्रेन्चाईजीका मार्की खेलाडी बनेका छन् भने कुशल भुर्तेल पोखराको मार्की खेलाडी बनेका छन् ।
त्यसैगरी कुशल मल्ल चितवनको मार्की खेलाडी बनेका छन् भने सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बनेका छन् ।
त्यस्तै राष्ट्रिय टिमका कप्तान रोहित पौडेल लुम्बिनीको मार्की खेलाडी बनेका छन् भने आसिफ सेख जनकपुरको मार्की खेलाडी बनेका छन् । त्यस्तै सोमपाल कामी कर्णालीको र दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी बनेका छन् ।
क्यानले मार्की खेलाडीको पारिश्रमिक २० लाख हुने जानकारी दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |