

धादिङ । सिद्धलेक गाउँपालिका–१ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा निशुल्क आखाँ जाँच शिविर सञ्चालन गरिएको छ ।
विश्व दृष्टि दिवसको अवसरमा तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको आयोजना तथा आयाम इङलिस स्कुलको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले जानकारी दिनुभयो ।

सर्जिकल आँखा केन्द्रका सुपेन्द्र ताम्राकार र सुशिल रेग्मीको टोलिले स्कुलको कक्षा ५ सम्म (१३ बर्ष मुनिका) बालबालिकाहरुको आखाँ जाँच गर्नुभएको कोइरालाले बताउनुभयो।शिविरमा ७३ जना बिद्यार्थी सहभागी भएको स्कुलकी व्यवस्थापक ममिता अर्यालले बताउनुभयो ।

जाँचको क्रममा ७ जना बिद्यार्थीको आखाँमा जटिल समस्या देखिएको र थप जाँचको लागि अस्पताल नै जानुपर्ने देखिएको अर्यालले बताउनुभयो ।
हाललाई समस्या देखिएका बालबालिकाको लागि निःशुल्क औषधि वितरण गरिएको उहाँको भनाई छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |