

धादिङ । धादिङ उद्योग वाणिज्य संघको कार्यसमितिमा पदाधिकारी मनोनित गरिएको छ।
गत पुष २६ र २७ गते सम्पन्न संघको ३१ औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाट निर्वाचित सदस्यहरुलाई पदाधिकारीमा मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको छ।
संघको अध्यक्षमा रामकुमार डल्लाकोटी सर्वसम्मत चयन हुनु भएको थियो।
संघले विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्ष आगामी अधिवेशनमा स्वतः अध्यक्ष बन्ने ब्यवस्था गरे अनुसार डल्लाकोटी अध्यक्ष हुनुभएको हो।
निर्वाचित अध्यक्षले पदाधिकारी मनोनयन गर्ने विधानमा व्यवस्था भएबमोजिम अध्यक्ष डल्लाकोटीले आईतबार पदाधिकारी मनोनित गर्नुभएको हो ।
जसमा चार जना उपाध्यक्ष, एक जना महासचिव, एक जना कोषाध्यक्ष र तीन जना सचिव मनोनित गरिएको छ ।
संघको विधान २०४८ (सातौं संसोधिन समेत) को दफा २१.१ र २१.२ बमोजिम उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग) रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ )वस्तुगत), रेखा पण्डित अधिकारी (महिला) लाई मनोनित गरेको छ ।
त्यसैगरी महासचिवमा तिलक सिंखडा, कोषाध्यक्षमा तिलक प्रसाद ढुंगाना र सचिवमा राजकुमार श्रेष्ठ, रमेश विश्वकर्मा र तुलसीजंग थापालाई मनोनित गरिएको छ ।
बिधानमा बरिष्ठ उपाध्यक्ष बाहेक सबै पदाधिकारी अध्यक्षले नै मनोनित गर्ने प्रावधान छ । वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी यसअघि नै सर्वसम्मत निर्वाचित भइसक्नुभएको छ ।
३३ सदस्यीय कार्यसमितिमा ५ जना सदस्य मनोनित गर्न वाँकी रहेको छ ।
आगामी वैठकहरुबाट वाँकी ५ जना पनि मनोनित गरिने धादिङ उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राम कुमार डल्लाकोटीले जानकारी दिनुभयो।
पदाधिकारी मनोनित गरेसँगै आइतबार बसेको संघको पूर्ण बैठकले धादिङ उद्योग वाणिज्य संघको वेवसाइट निर्माण गर्ने र सदस्यहरुको विवरण डिजिटलाईज गर्ने निर्णय गरेको छ ।
धादिङ उद्योग वाणिज्य संघले सचिवलायबाट प्रदान गरिरहेको पान सेवा र आयकर सेवा बापतको शुल्क पाँच सय लिँदै आएकोमा घटाएर आजैबाट लागुहुने गरी ५० रुपैंयामा ल्याएको छ ।
अध्यक्ष डल्लाकोटीले व्यवसायीहरुलाई सहज बनाउन शुल्क घटाइएको बताउनुभयो।
यो पनि पढनुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |