

धादिङ । जिल्ला अदालत धादिङले एक अपांगता बालिकालाई बलात्कार गरेको कसुरमा नुवाकोटको तार्केशवर गाउँपालिका–३ का २६ वर्षीय कुमार मजकोटीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ।
जिल्ला न्यायधिस मनकुमारी वि.क. जिएमको २२ गतेको इजलासले अपांगता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १० वर्ष कैद र न्यून दृष्टि तथा न्यून सुनाइ (अपांगता) भएकी पीडित भएकोले थप १ वर्ष गरी ११ वर्ष कैद गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो।
जिल्ला न्यायधिस जिएमले कैदसँगै ५ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गर्नुभएको छ भने पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गर्नुभएको श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो ।
कसुरदार मजकोटीले गल्छी गाउँपालिका–८ मा बालिकालाइ ०८१ मंसिर २९ गते बलात्कार गरेपछि इलाका प्रहरी कार्यालय गजुरीमा मंसिर ३० गते उजुरी दिएको थियो ।
बालिकाको मंसिर ३० गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो।
कसुरदारलाई ३० गते गिरफ्तार गरि हिरासतमा राखेकोमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत पुस २१ गते जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरि पुस २२ गतेदेखि कसुरदार पुर्पक्षका लागि थुनामा पठाएको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |