

धादिङ । सरस्वती श्रेष्ठ गंगाजमुना गाउँपालिका–७, पिठेमा बसोबास गर्नुहुन्छ ।
उहाँको परिपारमा ४ जना हुनुहुन्छ,श्रेष्ठको श्रीमान विदेशमा रोजगारीमा हुनुहुन्छ। अहिले सरस्वतीले छोरा छोरीको पढाई र घर व्यवस्थापन एक्लै सम्हाल्दै आउनु भएको छ ।छोराछोरीको पढाईमा साथ सहयोग सहित उहाँले अहिले परम्परागत खेतीपाती तथा साना पशुपालन पनि गर्दै आउनु भएको छ।
भविष्य उज्वल कृषक समूहको सचिव तथा अगुवा कृषक पनि हुनुहुन्छ ।

सरस्वतीले कृषि पेशा गर्दै आउनु भएको भए पनि आधुनिक प्रविधिको पहुँचको अभाव, कृषि ज्ञान र सीपको कमी, सिँचाइको सुविधा नहुनु, मौसम परिवर्तनका कारण खेतीमा आउने अनिश्चितता, र बजारसम्मको पहुँच नभएकोले इच्छा चाहना सहित बिहान देखि बेलुकासम्मको मेहनत गर्दा पनि सोचे जस्तो आम्दानी लिन सक्नु भएको थिएन ।
आधुनिक कृषि व्यवसाय सम्बन्धी ज्ञान सिप र प्रविधिको कमीले बिस्तारै कृषि पेशाबाट बिस्तापित हुने सोच गर्दै हुनुहन्थ्यो ।
यसै बिच प्रयास नेपाल नामक संस्थामा कार्यरत शर्मिला गुरुङले समूह छनौट गरी पठाएको एक जनालाई संस्थाले जलवायु कृषक पाठशाला संचालनको लागि अनुभवी अगुवा किसानको रुपमा एकलाई तालीम दिने जानकारी पाउनुभयो ।उहाँको इच्छा अनुसार समूहले पनि सरस्वतीलाई तालीममा सहभागी गराउने निर्णय गरि संस्थाले आयोजना गर्ने तालीममा पठायो ।
जब जलवायु कृषक पाठशाला, नेतृत्व विकास तथा समूह व्यवस्थापन ,गाउँ पालिका तहको योजना तर्जुमा ,लैगिक बिश्लेषण र जलवायु परिवर्तन अनुकूलन योजना तर्जुमा जस्ता तालीमहरु पाउनुभयो तव सरस्वतीमा कृषि पेशा प्रतिको निराशाको बादल फाट्यो ।
विशेष गरी जलवायु कृषक पाठशाला, नेतृत्व विकास तथा समूह व्यवस्थापन तालिमले उहाँको सोचमा निकै ठूलो परिवर्तन ल्यायो। उहाँले यस प्रविधिलाई व्यवहारमा ल्याउन थाल्नु भयो ।
बुढाथुमको पिठे गाउँका किसानहरुमा अहिले बालि पात्रो अनुसार खेतबारीमा नै संचालन हुने पाठशालामा जाने र बिउ छनौट देखि फल प्राप्ती सम्मको बारेमा प्रयोगात्मक रुपमा सिक्ने बानी परिसकेको सरस्वतीले बताउनुभयो ।
अहिले लहरेबाली काक्रोको जलवायु कृषक पाठशाला संचालन भईरहेको पनि उहाँले बताउनुभयो ।अहिले गंगाजमुना वडा नं ७ पिठेका सरस्वतीले आफूले मात्र होइन, अन्य किसानहरूलाई पनि सिकाउने र देखाउने काम गर्न थाल्नु भएको छ ।
उहाँ अब अरू किसानको खेतमा पुग्नुहुन्छ, तालिममा सिकेका सीप तथा सफल अभ्यासहरु बाँड्नुहुन्छ । उहाँको नेतृत्वमा भविष्य उज्वल कृषक समूहका ३७ जना महिलाहरूले पनि आत्मबलका साथ कृषि व्यवसायमा लाग्न थालेका छन् । महिला पनि सक्षम नेतृ बन्न सकिन्छ भन्ने सन्देश उहाँले व्यवहारमै देखाइ दिनुभएको छ ।

सरस्वतीले आड्रा नेपालको आर्थिक प्राविधिक सहयोगमा प्रयास नेपाल धादिङले संचालन भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजनाबाट भएको सहयोगले आफूमा अहिले यो परिर्वतन आएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँको सक्रियताले भविष्य उज्ज्वल कृषक समूह मात्र होइन, सम्पूर्ण गाउँमा महिला नेतृत्वको सम्मान बढेको छ ।महिलाहरूको दृष्टिकोण परिवर्तन भएको छ र समुदायले पनि उहाँको क्षमता र समर्पणलाई उच्च सम्मान गर्न थालेको छ ।
सरस्वती श्रेष्ठको कथा केवल व्यक्तिगत सफलताको कथा होइन, यो एक महिलाले शिक्षा, तालिम, र संस्थागत समर्थन मार्फत आफ्नो जीवन मात्र होइन, समुदायलाई समेत समृद्धितर्फ डोर्याउन सक्ने उदाहरण बन्नु भएको छ।
जलवायु कृषक पाठशालाले केवल प्रविधि सिकाउने काम गरेन यसले विश्वास जगायो, नेतृत्व क्षमता विकास ग¥यो, र महिलामा परिवर्तन ल्याउने हिम्मत दियो ।
आज उहाँको सोच, व्यवहार, र सामाजिक भूमिका परिवर्तन भइसकेको छ ।भबिष्यमा असल र सफल बनेर कृषि पेशालाई सम्मानित बनाउने लक्ष्य रहेको पनि सुनाउनु भयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |