

युभेन्ट्सलाई २–१ अन्तरले पराजित गरेपनि पेरिस सेन्ड जर्मेन पिएसजी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’को उपविजेता रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । उनले एक गोल सहित एक असिस्ट प्रदान गरे। यसैगरि नुनो मेन्डिसले एक गोल थपे । एब्बाप्पेको गोलमा भने स्टार खेलाडी लियोनल मेस्सीको असिस्ट रहेको थियो । युभेन्ट्सका लागि लिओनार्दाे बोनुचीले गोल गरेपनि पर्याप्त रहेन ।
समूह ‘एच’ कै अर्काे खेलमा बेन्फिकाले मकाबी हैफालाई ६–१ अन्तरले पराजित गर्दै समूह विजेता बन्यो ।
समान ६ खेलबाट पिएसजी र बेन्फिकाको समान १४ अंक छ । हेड टु हेडमा मा बेन्फिका शीर्षस्थानमा रह्यो । यस बाहेक समान तीन अंक बनाएका युभेन्ट्स र मकाबी समूह चरणबाट माथि बढ्न सकेनन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |