

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकामा फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुको लागि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार म्यागङ गाउँपालिकाको आयोजनामा पालिका भरका बालक्लब फोकल शिक्षक तथा बाल क्लबका पदाधिकारीहरुको क्षमता विकास गर्ने उद्धेश्यले अनुशिक्षण गरिएको म्यागङ गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख फुलमाया खजुमले जानकारी दिनुभयो ।
अनुशिक्षण कार्यक्रममा बालक्लब गठन तथा सहजिकरण कार्यविधि ,बालक्लब आवद्धता र सुचिकरण,बालक्लबका पदाधिकारीहरुको काम कर्तव्य र उत्तरदायित्व , बालक्लबले बिद्यालय र समुदाय तहमा गर्न सक्ने क्रियाकलापहरु, बैठक पुस्तिका लेखन र बालक्लबको फोकल शिक्षकहरुको भुमिका र जिम्मेवारी तथा बालमैत्री स्थानीय शासनका सुचकहरु लगायतका बिषयमा बालमैत्री स्थानीय शासन बिज्ञ एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
म्यागङ गाउँपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा गर्ने अभियानमा रहेकाले घर, परिवार ,समाज तथा बिद्यालयहरुमा बोलिबचन, कार्यपद्धति र व्यवहार र दस्तावेज पनि बालबालिका मैत्री हुनु जरुरी हुने प्रमुख प्रशासकीय अधिकृत देवकी सिम्खडाले बताउनु भयो ।
कार्यक्रममा १९ बिद्यालयका फोकल शिक्षक, बालक्लबका पदाधिकारीहरु, विषयगत शाखाका कर्मचारी लगाएतको सहभागीता रहेको थियो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |