

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भेलबाढी आएको छ ।
बाढीले नदी तटीय क्षेत्र र त्रिशुली नदी किनारको क्षेत्रमा जोखिम बढेको भन्दै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
धादिङ्गतर्फ गल्छी गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
गएराति नै रसुवाको जोखिम क्षेत्रका बासिन्दालाई सूचित गरी कतिपयलाई अहिले सुरक्षित ठाउँमा राखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
नदीमा जलसतह कम नभएकाले सतर्कता अपनाउन भनिएको छ । आवश्यक परे उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ ।
बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटिय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ ।
गएको असार २४ गते ल्हेन्दो खोलामा भेलबाढी आएको थियो । त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।
तस्वीर : रेडियो लाङटाङ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |