

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–४ मा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् ।
सोमबार साँझ घरको गेटैमा अज्ञात समुहले सुलभ श्रेष्ठलाई धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
हतियार प्रहारबाट घाइते भएका श्रेष्ठको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
श्रेष्ठको थाइमा गहिरो चोट लागेको छ भने अनुहारमा पनि चोट लागेको धादिङ अस्पतालले जनाएको छ ।
घाईते भएका श्रेष्ठ कक्षा १० मा अध्ययनरत छात्र रहेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
उनको साथीभाइविचको झगडा रहेको अनुमान गरिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो । तस्विर : अर्जुन श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |