

धादिङबेसी । धादिङबेसीमा कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालीम शुक्रवार सम्पन्न भएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी संञ्चालन गरेको उतथानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढीकरण परियोजना अन्तरगत खनियावास र गंगाजमुना गाउँपालिकाको समूहबाट छनौट भई आएका अगुवा कृषकहरुको लागी कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको प्रयास नेपालका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनुभयो ।
आईतबारबाट शुरु भएको ५ दिने तालिममा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कविररत्न स्थापित र कार्यक्रम व्यवस्थापक सुरज आचार्यले सहजिकरण गर्नु भएको थियो ।
तालीम प्रभावकारी भएको र सिकेको ज्ञान सिप व्यहारमा लागु गर्ने अगुवा कृषक भक्त बहादुर गुरुङ र सुस्मिता तामाङ लगायत सहभागी कृषकले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कृषक तालिममा कृषि प्रसार र बजारको बारेमा कृषकको अनुभव, अनुगमन,बजार, मूल्य, भुक्तानीका सर्तहरू र गणना सीप,मूल्य श्रृंखला लगायतका बिषयबस्स्तुमा सहजिकरण गर्नु भएको थियो ।
यसैगरी तालिममा मूल्य अभिवृद्धि र मूल्य घट्ने ,बजार भ्रमण मध्यस्तकर्तासँग वार्ता र सम्झौता,तालिमका सहभागीले आफ्नो समूहमा गएर तालिम दिने बिषयबस्तु ,बिधी प्रक्रिया समेतको बारेमा सहजिकरण गर्नु भएको प्रयास नेपालका प्राविधिक रुपेश तामाङले जानकारी दिनुभयो ।
तालिम पछि अगुवा कृषकहरुले कृषक बजार पाठशाला सम्बन्धी निर्देशिकाको आधारमा रहि समुह तहमा पाठशाला संचालन गर्नु हुने प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले बताउनु भयो ।
पहिलो चरणमा गंगाजमुनामा ३ क्लष्टर र खनियावासमा २ क्लष्टरमा कृषक बजार पाठशाला संचालन हुने पनि संयोजक खनालले जानकारी दिनुभयो।
तालिममा खनियावास र गंगाजमुना गाउँपालिकाका १० जना अगुवा कृषक र रिलिफ परियोजनामा संलग्न कर्मचारीहरु सहित २४ जना सहभागी रहेको प्रयास नेपालका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनु भयो ।
तालिम समापन कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष बिर बहादुर श्रेष्ठ,कार्यकारी निर्देशक दामोदर अर्याल,अनुगमन उप समिति संयोजक कपिलदेव सापकोटा , सदस्य ईश्वरी कोईराला आड्रा नेपालका फिल्ड अधिकृत माधव जंग महत लगाएतको उपस्थिति रहेको थियो ।








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |