

धादिङ । धादिङबेशीमा भएको जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा एडभान्स एकेडेमी प्रथम भएको छ ।
पाब्सन धादिङले धादिङबेशीमा रहेको रोसमेरी चाइल्डकेयर इङ्ग्लिश बोर्डिङ स्कुलमा आयोजना गरेको जिल्लास्तरीय कथा वाचन प्रतियोगितामा बालक समूहमा एडभान्स एकेडेमी पहिलो र बालिका समूहमा दोस्रो स्थान हात पार्दै समग्रमा च्याम्पियन बनेको हो।
प्रतियोगितामा बालक समूहमा चिल्ड्रेन पार्क सेकेन्डरी बोर्डिङ स्कुल दोस्रो, आदर्शिला पाठशाला तेस्रो र रोसमेरी चाइल्डकेयर सान्त्वना स्थानमा रह्यो भने बालिका समूहमा रोसमेरी चाइल्डकेयर प्रथम, सल्यान्टार बालबालिका विद्यालय तेस्रो र आधारशिला पाठशाला सान्त्वना भएको पाब्सन धादिङका सचिव भिमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
विजेताहरूलाई प्रमाणपत्र, पदक र ट्रफीले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पाब्सनका केन्द्रीय सदस्य रमेश कुमार श्रेष्ठले यस्ता प्रतियोगिताले विद्यार्थीलाई केवल कथामा मात्र नभई जीवनमा पनि सशक्त बनाउने बताउनुभयो ।








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |