

धादिङ । धादिङबेसीमा आजदेखि संघीय तथा प्रादेशिक कार्यालयहरू र स्थानीय तहहरूको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु भएको छ ।
वर्षभरि सम्पन्न गतिविधिको मूल्याङ्कन गर्दै आगामी वर्षका कार्यक्रमलाई प्रभावकारी बनाउन, सिकाइ आदान–प्रदान र अनुभव व्यवस्थापन गर्ने उद्देश्यसहित समीक्षा कार्यक्रम थालिएको हो ।
मंगलबारदेखि सुरु भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले प्रगतिविवरण प्रस्तुत गरेका छन् ।
त्यस्तै, नागढुंङगा सडक आयोजना (पूर्वी खण्ड), सघन शहरी तथा भवन निर्माण कार्यालय धादिङ, पूर्वाधार विकास आयोजना, नयाँ शहर आयोजना कार्यालय गल्छी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, डिभिजन वन कार्यालय धादिङ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धादिङ, कृषि विकास कार्यालय धादिङ र पशु सेवा कार्यालय धादिङले पनि अघिल्लो वर्षका गतिविधि प्रस्तुत गरेका छन् ।
बाँकी रहेका पालिका तथा कार्यालयहरूले भोलि भदौ १८ गते प्रगतिविवरण पेस गर्ने जिल्ला समन्वय अधिकारी रामाश्रय यादवले जानकारी दिनुभयो ।
वार्षिक प्रगति समीक्षा कार्यक्रममा पृष्ठपोषण, अनुभव आदान–प्रदान र सिकाइ व्यवस्थापन हुने भएकाले आगामी कार्यक्रमहरू अझ प्रभावकारी बन्ने जिल्ला समन्वय अधिकारी यादवको भनाइ छ ।
त्यसैगरी, कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य गोविन्द लम्सालले सिकाइ र अनुभव आदान–प्रदानमार्फत आगामी दिनमा अझ उत्कृष्ट कार्यको पृष्ठपोषण हुने विश्वास व्यक्त गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |