

धादिङ। लैंगिक च्याम्पियनहरूको क्षमता अभिवृद्धि तथा व्यवहारिक सीप सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालित दुई दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ।
आड्रा नेपालको साझेदारीतामा प्रयास नेपालले संचालन गरेको रिलिफ परियोजना अन्तरगत भएको तालिममा गंगाजमुना र खनियाबास गाउँपालिकाका प्रत्येक वडाका २/२जना गरि २४ जना लैंगिक च्याम्पियनसहित ३१ जना सहभागी रहेको प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिनुभयो।
तालिममा प्रयास नेपालकी उपाध्यक्ष उषा बिक अध्यक्षता तथा आड्रा नेपालकी लैंगिक तथा सेफगार्डिङ अफिसर कुरुणा बराल, कार्यक्रम अधिकृत माधवजंग महत, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालको उपस्थिति रहेको तामाङले जानकारी दिनुभयो।

तालिममा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले लैंगिक समानता र सामाजिक न्यायका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याउदै यसका लागि लैगिक च्याम्पियनहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

तालिममा सहजकर्ता कर्णबहादुर नेपालीले सहभागीहरूसँग अन्तरक्रियात्मक ढंगले लैंगिक समानता र सामाजिक समावेशीकरण महिलामाथि हुने विभेद, परम्परागत सोच र सामाजिक अभ्यास परिवर्तनका उपाय, लैंगिक हिंसाका प्रकार र रोकथाम घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा, बालविवाह जस्ता संवेदनशील मुद्दा र तिनको समाधानका विधिको बारेमा सहजिकरण गर्नु भएको थियो ।
यसै गरी कानूनी प्रावधान र नीतिगत व्यवस्था लैंगिक न्यायसँग सम्बन्धित नेपालका कानूनी ढाँचा, स्थानीय तहमा अधिकारको प्रयोग र नागरिक जिम्मेवारी, लैंगिक च्याम्पियनहरूको भूमिका ,समूह, वडा र गाउँपालिका तहमा सचेतनामूलक गतिविधि सञ्चालन गर्ने सीप र रणनीति, सुरक्षित र सम्मानजनक समाज निर्माण पुरुष–महिला सहकार्य, बालबालिका र विपन्न वर्गको अधिकार सुनिश्चित गर्ने उपाय, लैंगिक दृष्टिकोणबाट कार्यक्रम व्यवस्थापन विकास योजना तथा परियोजनामा लैंगिक समावेशी दृष्टिकोण अपनाउने तरिका लगायतमा सहजिकरण गर्नु भएको थियो ।
यस किसिमको तालिमले नयाँ दृष्टिकोण, व्यावहारिक उपाय र आत्मविश्वास दुवै बढाएको सहभागीहरूको भनाइ छ । लैंगिक समानता र हिंसा रोकथामका लागि समुदायमै जानुपर्ने रहेछ भन्ने कुरा प्रष्ट भएको तालिममा सहभागीहरुले बताएको रिलिफ परियोजनाको फिल्ड संयोजक सुरज खनालले जानकारी दिनुभयो ।
तालिममा सहभागी लैंगिक च्याम्पियनहरू सुनिता आले,अपेक्षा तामाङ, आशिाका गुरुङ लगायत सहभागी लैगिक च्याम्पियनहरुले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् ।
उनीहरूले आफ्ना समूह र वडा तहमा लैंगिक सवालमा वकालत तथा पैरवी गर्ने, स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य गरेर लैंगिक सचेतनामूलक गतिविधि सञ्चालन गर्ने योजना गरेका प्रयास नेपाल धादिङका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनुभयो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |