

धादिङ। जिल्ला अनुगमन समिति धादिङले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तिव्र पारेको छ।
चाडपर्वको समयमा उपभोक्ता ठगिन सक्ने सम्भावना बढ्ने भएकाले समितिले आइतबार सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ नगरपालिका–३ र ८ मा सञ्चालित खाद्यान्न, तरकारी पसल तथा होटलहरुको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा वडा नं. ८ को गुप्ता सप्लायर्सलाई ५ हजार र वडा नं.३ को पोखरेल किराना पसललाई ५ हजार, तुलसी सप्लायर्सलाई १५ हजार रुपैयाँ र एवान मिठाई एण्ड खाजा घरलाई १५ हजार रुपैयाँ जरिवाना तिराईएको छ ।
उपभोक्तालाई झुक्याएर म्याद गुज्रिएका सामान बिक्री गर्ने, अखाद्य बस्तुमा रङ प्रयोग गर्ने, पसलमा सरसफाइ नहुने, खरिद–बिक्रीमा बिल प्रयोग नगर्ने तथा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालन गरेका कारण यी पसललाई कारबाही गरिएको जिल्ला बजार अनुगमन समिति धादिङका संयोजक तथा उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरीले जानकारी दिनुभयो।
अनुगमनलाई निरन्तरता दिईने र उपभोक्ताको हकहित सुरक्षित गर्ने कार्यलाई प्राथमिकता दिने उहाँको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |