

काठमाण्डौ । सरकारले भोलि र पर्सि सार्वजनिक विदा दिने निर्णय गरेको छ । देशभर लगातार ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिँदै विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
वर्षाका कारण हुनसक्ने बाढी, डुबान, भू–क्षय लगायतका जोखिम एवम् सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने र मानवीय क्षतिसमेत हुन सक्ने भन्दै सार्वजनिक विदा दिएको मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ ।
विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु भने खुल्ला नै रहनेछ ।
साथै, देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेकाले विशेष सतर्कता अपनाउन पनि सरकारले अनुरोध गरेको छ ।
विदाको समयमा अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा बस्न आम नागरिकलाई सरकारले आग्रह गरेको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |