

काठमाण्डौ । अस्ति शुक्रवारदेखिको अविरल वर्षाका कारण देशभर ४४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुने मध्ये इलाममा मात्र ३७ जना रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणमा उल्लेख छ ।
प्राधिकरणका अनुसार पाँचथरमा पहिरोमा परी १ र खोलाले बगाएर १ गरी २ जनाको ज्यान गएको छ । यस्तै उदयपुरमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ । रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गएको छ ।
यस्तै रसुवामा ४ र इलाममा १ गरी ५ जना हराइरहेका छन् । घाइतेको सङ्ख्या १६ पुगेको छ । घाइतेमध्ये इलाममा ८, भोजपुरमा ३, खोटाङमा ३, पाँचथरमा १ र मकवानपुरमा १ जना रहेका छन् ।
अत्यधिक वर्षाका कारण इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वर्षाकैबीच पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाले पनि ज्यान गुमाएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |